लायन्स क्लव अफ विराटनगर सोसियलको रक्तदान कार्यक्रम : ५१ पिन्ट रगत संकलन

विराटनगर । लायन्स क्लब अफ विराटनगर सोसियलको आयोजनामा तथा ब्राइट भिजन ल कलेजको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ।

२०८३ साल भदौ १६ गते ब्राइट भिजन ल कलेज परिसरमा सम्पन्न कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थी तथा अन्य रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।

रक्तदान कार्यक्रममा मल्टिपल काउन्सिल मेम्बर ला. लिला कु. ढुङ्गेल, डिस्ट्रिक्ट ३२५ सी का प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर ला. रमेश खत्री, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर ला. उदय नारायण बराल, डिस्ट्रिक्ट ट्रेजरर ला. मिना ढुङ्गेल, डिस्ट्रिक्ट चिफ एडभाइजर ला. शिव रिजाल तथा ब्राइट भिजन ल कलेजका प्राचार्य चुडामणि आचार्यलगायतको उपस्थिति रहेको थियो।

त्यस्तै कार्यक्रममा लायन्स क्लबका एरिया चिफ, एरिया कोअर्डिनेटर, रिजन चिफ, जोन चेयरपर्सनलगायत विभिन्न पदाधिकारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा ला. लिला कु. ढुङ्गेलले ९३औँ पटक रक्तदान गर्नुभएको थियो। उहाँले नियमित रूपमा रक्तदान गर्दै आउनुभएको र यसपटक पनि रक्तदान कार्यक्रममा सहभागी हुनुभएको हो।

लायन्स क्लब अफ विराटनगर सोसियलका अध्यक्ष ला. देवकीनन्दन अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ला. प्रकाश शर्माले गर्नुभएको थियो।

रक्तदान कार्यक्रमले विद्यार्थी तथा युवाहरूमा रक्तदानप्रति सकारात्मक भावना विकास गर्नुका साथै आवश्यकतामा रहेका बिरामीका लागि रगत उपलब्ध गराउन सहयोग पुग्ने आयोजकले जनाएको छ।

Back to top button