अस्पतालको भ्यानबाट गाँजा बरामद

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट अस्पतालको नाम लेखिएको भ्यानमा लुकाएर ल्याइएको करिब ६० किलो गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ।

गएराति  सशस्त्र प्रहरी बल नेपाल बीओपी दरैयाबाट खटिएको टोलीले ‘दिव्य ज्योति अस्पताल प्रा.लि.’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यान रोकेर चेकजाँच गर्न खोज्दा चालक भ्यान छाडेर फरार भएका थिए।

त्यसपछि प्रहरीले भ्यान खानतलासी गर्दा दुई बोरामा लोड गरी ल्याइएको अन्दाजी ६० किलो लागूऔषध गाँजा बरामद गरेको हो।

बरामद भ्यान र गाँजा बीओपी दरैयामा ल्याएर राखिएको र आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

चालक भने फरार रहेकाले उनको खोजी भइरहेको छ

Back to top button