सुन-चाँदीको मूल्यमा भारी गिरावट

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ८ हजार ८ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रूपैयाँ कायम भएको छ । हिजो (मंगलबार) सुनको मूल्य तोलाको ३ लाख ६ हजार १ सय रूपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ सय ७० रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी तोलाको ४ हजार ५ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य मंगलबार प्रतितोला ४ हजार ७ सय ५० रूपैयाँ थियो ।

Back to top button