प्रधानमन्त्रीले तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्री बालेनले छलफल सुरु गरेको सचिवालयले जनाएको छ ।

​सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल जारी छ ।

प्रधानसेनापति सिग्देलसँगको छलफललगत्तै उहाँले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छलफल गर्ने कार्यतालिका रहेको छ ।

Back to top button