आज सुन–चाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो?

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेको हो ।

मूल्य वृद्धिसँगै आज सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Back to top button