
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिमा राहत तथा पुनरुत्थानमा सहयोग पुर्याउन यशोदा फुड्स प्रालि र श्रीराम टोबाकोद्वारा ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ३ करोड ५१ लाख ५१ हजार सहयोग गरेका छन्।
उक्त रकमबराबरको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्नप्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभयो ।
यसका साथै, बाढी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट र धादिङलगायतका अति प्रभावित स्थानहरू तथा पीडितहरूलाई राखिएका आ श्रय स्थलहरूमा कम्पनीले अत्यावश्यक राहत सामग्रीको रूपमा ३० लाखबराबरको करेन्ट चाउचाउ पठाएर सम्बन्धित निकाय र प्रभावित जनतालाई प्रत्यक्ष रूपमा उक्त चाउचाउहरू वितरण गरेको थियो। आवश्यक परेमा अझै पनि चाउचाउ पठाउन र पीडितलाई सहयोग गर्न तत्पर रहेको कम्पनीले जनाएको छ।







