भोटेकोशी विपद्सम्बन्धी विशेष समितिको सभापति चयनका लागि निर्वाचन हुने

काठमाडौं । भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४ गते (बुधबार) निर्वाचन हुने भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले निर्वाचन मिति र समयकाबारे जानकारी गराउनुभएको हो ।

हिमालमा जलवायु परिवर्तनको प्रभाव,जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४ गते दिउँसो २ बजे निर्वाचन हुने सभामुख अर्यालले जानकारी दिनुभयो ।

असोज ५ गते बसेको संसद बैठकले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

यस्तै,समितिको सदस्यमा सांसदहरु अच्युतम लामिछाने, अनुस्का श्रेष्ठ,गङ्गा देवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, मिङ्मा ग्याबु शेर्पा, रमेश कुमार मल्ल, रबिन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ, र सीता थपलिया रहनुभएको छ ।

Back to top button