
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्स भिड्नेछन् भने दोस्रो खेल सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुनेछ ।
पहिलो खेल दिउँसो साढे १२ः३० र दोस्रो खेल साँझ ५ बजे हुनेछ । चितवन राइनोज प्रतियोगितामा अहिलेसम्म अपराजित छ ।
पहिलो खेलमा जित हात पारेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अङ्क बाँड्नु परेको थियो । सुदूरपश्चिमले हालसम्म खेलेका तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ ।







