
विराटनगर । सशस्त्र प्रहरीले विभिन्न मितिमा सीमा नाकाबाट बरामद गरेको करिब साढे दुई लाख रुपैयाँ मूल्य बराबरको पटका विराटनगरमा नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीले विभिन्न मितिमा सीमा नाकाबाट बरामद गरी गुल्ममा ल्याएर राखेको पटका नष्ट गरेको हो । गुल्मका अनुसार अन्दाजी दुई लाख ५० हजार रुपैयाँ मूल्य बराबरको पटका आज दिउँसो नष्ट गरिएको हो ।
गुल्म परिसरभित्र खाडल खनेर पटका नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तिहार र छठ नजिकिँदै जाँदा भारतबाट भित्रने पटका नियन्त्रण गर्न सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ ।







