निसान गाडी किन्न नबिल बैंकको कर्जा

काठमाडौं । निसानको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले बिक्री गर्दै आएको गाडीमा नबिल बैंकले कर्जा दिने भएको छ। बैंक र पायोनियबीचको सम्झौताअनुसार अब निसान गाडी खरिद गर्ने ग्राहकले नबिल बैंकबाट सजिलै कर्जा लिन सक्नेछन्।

सम्झौतापत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठ र पायोनियरको तर्फबाट सहमहाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गर्नुभएको छ ।

नबिल बैंकका सबै २ सय ४८ शाखाबाटै कर्जा पाइने जनाइएको छ। कर्जामा इभी गाडीको खरिदमा बेसरेटमा ३ दशमलव ५० प्रतिशत र अन्यमा बेसरेटमा ५ प्रतिशत थप ब्याजदरमा ऋण उपलब्ध हुनेछ। बैंकका अनुसार २० प्रतिशत डाउन पेमेन्टमा ७ वर्षका लागि कर्जा पाइनेछ।

Back to top button