
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुस २१ गतेदेखि सुरु भएको बैठक आज पनि जारी छ ।
पार्टी केन्द्रीय कार्यालयमा आइतबारदेखि सुरु बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । हिजो(सोमबार) केही सदस्यले धारणा राख्न बाँकी भएकोले आज पनि बैठक बसेको हो ।







