
काठमाडौं । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिवबाट गणेश पाण्डेले राजीनामा दिनुभएको छ । पार्टी केन्द्रीय सचिवालयको २०८१ फागुन २८ गतेको बैठकले उहाँलाई सचिवमा मनोनीत गरेको थियो । २०८१ चैत ३ गते उहाँले शपथ लिनुभएको थियो ।
नेकपा एमालेका महासचिव शंकर पोखरेललाई सम्बोधन गरेर पाण्डेले बुझाएको राजीनामा पत्रमा आफू प्रेस चौतारीको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेका कारण दोहोरो जिम्मेवारी नलिने मनसाय नरहेको उल्लेख छ ।








