
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज दिउँसो ३ बजेका लागि मन्त्रीपरिषदको बैठक बोलाउनुभएको छ । उहाँले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गर्नुभएको हो ।
बैठकमा देशको समसामयिक विषयहरूका साथै हालै आएको प्राकृतिक विपत्ति र त्यसपछिको अवस्थाबारे गहन छलफल हुने जनाइएको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार प्रभावित क्षेत्रमा खोज, उद्धार, घाइतेको उपचार, राहत वितरण र प्रभावित नागरिकहरूको पुनर्स्थापनामा निरन्तर जुटिरहेको छ ।
सोही सन्दर्भलाई मध्यनजर गर्दै बाढी प्रभावित क्षेत्रको राहत तथा पुनस्थापना कार्यलाई अझ थप प्रभावकारी बनाउन र आवश्यक महत्त्वपूर्ण निर्णयहरू लिनका लागि प्रधानमन्त्रीले यो बैठक बोलाउनुभएको उहाँको सचिवालयले जनाएको छ ।







