कोशी अस्पतालमा ६२ शय्याको कोभिड वार्ड सञ्चालन

विराटनगर । कोसी अस्पताल विराटनगरले कोरोना सङ्क्रमितको उपचारका लागि बिहीबारदेखि ६२ शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याएको छ ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले अस्पतालमा उपचारका लागि आउने बिरामीहरुमा संक्रमण देखिदा उपचारमा समस्या हुने गरेकाले मेडिकल वार्डलाई ६२ शय्याको छुट्टै कोभिड वार्डमा परिणत गरेर सञ्चालनमा ल्याएको बताउनु भयो ।

कोभिड वार्डमा ५ वटा भेन्टिलेटर, २४ वटा आइसियू र अन्य अक्सिजनसहितको शय्या रहेको उहाँले बताउनु भयो । कोभिड वार्डका लागि आवश्यकता अनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी खटाइएको छ ।

Back to top button