रेडक्रसद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर । नेपाल रेडक्रस सोसाईटी प्रदेश समितिले प्रदेश १ सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

सामाजिक विकास मन्त्री उषाकला राईलाई रेडक्रसका केन्द्रीय सदस्य उमेश थापा, प्रदेश समितिका अध्यक्ष नरेन्द्र पोखरेल, कोषाध्यक्ष ओमप्रकाश गौतमलगायतले आज स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

रेडक्रसले अक्सिजन कन्सनट्रेटर १० थान, पीपीई सेट ३ सय थान र सर्जिकल मास्क १० हजार थान मन्त्री राईलाई हस्तान्तरण गरेको छ । मन्त्री राईले स्वास्थ्य सामाग्री ग्रहण गर्दै रेडक्रसलाई धन्यवाद दिनुभयो ।

यसैवीच आईपास नेपालले पनि सामाजिक विकास मन्त्री राईलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । प्रदेश सरकारलाई आईपासले उपलब्ध गराएको स्वास्थ्य सामाग्री एवीसी नेपालकी प्रदेश अध्यक्ष तथा कोभिड रेस्पोन्स टाक्स फोर्स मोरङकी प्रतिनिधि विष्णु पन्त शर्माले हस्तान्तरण गर्नुभयो ।

हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीहरुमा पीपीई सेट, सर्जिकल मास्क, एन ९५ मास्क, स्यानिटाईजर छ । १ लाख १८ हजार मूल्यको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको शर्माले बताउनुभयो ।

Back to top button