
बेलायतमा कोरोना विरूद्धको खोप अभियान शुरु भएको ६ महिनाको अवधिमा ७५ प्रतिशत वयस्कहरुलाई पहिलो डोज खोप लगाइएको छ ।
भर्खर सार्वजनिक गरिएको तथ्याङ्कका अनुसार ७५ दशमलव २ प्रतिशत बयस्क जनताले पहिलो डोज र ४९ दशमलव ५ प्रतिशतले दोस्रो डोज खोप लगाएका छन् ।
पछिल्लो तथ्याङ्कअनुसार बेलायतमा हालसम्म ६ करोड ५६ लाख ५८ हजार ९ सय ४९ डोज खोप वितरण भइसकेको छ । पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दर सामान्य छ ।