२ हजार ६ सय ७६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २ सय ५६ पीसीआर परीक्षणमा १ हजार ७ सय ८२ र ४ हजार ५ सय १२ एन्टिजेन परीक्षणमा ८ सय ९४ जना गरी २ हजार ६ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा १ हजार ७ सय ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Back to top button