सुनसरी खोलाको बाढी पस्दा निर्माणाधिन सब-स्टेसन डुबानमा

इनरुवा । अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सब- स्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सब स्टेसनमा पस्दा ठुलो क्षति पुगेको छ ।

आगामी पुसभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यका साथ दुवै सब- स्टेसनको काम भइरहेको थियो । बाढीले सब- स्टेसनको कम्पाउण्डवाल बगाएको छ । जडानका लागि राखिएका उपकरणहरू डुबेका छन् ।

बाढीले केही उपकरणहरू बगाएको र कार्यालय भवनसमेत डुबानमा परेको छ । सब–स्टेसन परिसरबाटै खोला बगरिहेकाले त्यहाँका कर्मचारी र श्रमिकहरूलाई सुरक्षाकर्मीको सहयोगमा डुंगामार्फत सुरक्षित स्थानमा सारिएको छ ।

Back to top button