विराटनगरको दरैयामा युवकको शव फेला

विराटनगर। विराटनगर महानगरपालिका – १६ स्थित खदम खोाल किनारमा एक युवकको शव फेला परेको छ । दरैयाको मुसहरी वस्ती नजिक खोला किनारमा अन्दाजी २६ वर्षीय युवकको शव फेला परेको हो ।

कालो रंगको टि–सर्ट र कालै रंगको ट्राउजर लगाएको, गोरो अनुहार, कालो कपाल, पाँच फिट चार इन्च उचाइ, घाँटीमा गणेशको टाउको भएको खैरो रंगको माला लगाएको र बायाँ कानमा पहेँलो धातुको कुन्डल लगाएका व्यक्तिको शव भेटिएको प्रहरीले जनाएको छ ।

शवको पहिचान नभएकोले आफन्तलाई सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरको शव गृहमा राखिएको छ ।

Back to top button