राप्रपा महाधिवेशन : नायिका रेखा थापाले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं । नायिका रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

यसअघि यस पार्टीका केन्द्रीय सदस्य समेत रहेकी नायिका थापाले (महिलातर्फ) महामन्त्री पदमा उम्मेदवारी दिने हुनुभएको हो । उहाँ केही दिनअघि राजेन्द्र लिङ्देनले अध्यक्षको उम्मेदवारी दिँदा उहाँसँगै देख्निुभएको थियो ।

राप्रपा प्रवेश गर्नुअघि उहाँ नेकपा माओवादीमा हुनुहुन्थयो । राप्रपामा नयाँ नेतृत्वको चयनका लागि भोली मतदान हुने भएको छ । राजधानीमा हिजोदेखि सुरु महाधिवेशन अहिले जारी छ ।

Back to top button