
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोनाभाइरस संक्रमण भएको छ।
आफूलाई लक्षणसहितको कोरोना संक्रमण भएको सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराउँदै ज्ञवालीले आफूलाई संक्रमण देखिए पछि चार–पाँच दिन यता आफूसँग सम्पर्कमा आउने सबैलाई परीक्षण गर्न सुझाव दिनुभएको छ ।