इलाम र बझाङमा आज निर्वाचन हुँदै,विहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदानको समय

काठमाडौं । संघीय साँसदका लागि इलाम क्षेत्र नं-२ मा र प्रदेशसभा सदस्यका लागि बझाङको प्रदेश निर्वाचन क्षेत्र १ (क)मा आज निर्वाचन हुँदैछ ।
इलाममा प्रतिनिधीसभा सदस्य सुवाचन्द्र नेम्वाङको निधन भएका कारण उपनिर्वाचन हुन लागेको हो भने बझाङमा प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएका कारण उपनिर्वाचन गर्नुपरेको हो ।                                                                                   मतदान अहिले विहान ७ बजे देखि अपरान्ह ५ बजेसम्म हुदैछ । इलाममा १ लाख १५ हजार ८ सय ८९ जना मतदाता छन् भने बझाङमा ६१ हजार ७ सय ४८ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
इलाममा नेकपा एमालेका तर्फबाट सुहाङ नेम्वाङ उम्मेद्वार हुनुहुन्छ भने काँग्रेसबाट डम्बर खड्का उम्मेद्वार बन्नुभएको छ । यस्तै, रास्वपाबाट मिलन लिम्बू लगायत १९ जना उम्मेद्वार चुनावी प्रतिष्पर्धामा रहेका छन् । यस्तै बझाङमा एमालेका तर्फबाट दमन भण्डारी सहित ११ जना उम्मेद्वारले चुनावी प्रतिष्पर्धा गरिरहेका छन् ।

आयोगका अनुसार इलाममा ७९ मतदान स्थल र १४८ मतदान केन्द्र रहेका छन् । बझाङमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र रहेका छन् । मतदान स्थलको सुरक्षाका लागि चारवटै सुरक्षा निकायहरु परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ ।

Back to top button