
काठमाडौं । देशभर चिसो बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान मौसम बुलेटिन जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बुधवार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
बुधवार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
बिहीवार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
शुक्रवार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनीमा आंशिकदेखि सामान्य बदली रहने साथै गण्डकी तथा १ नम्बर प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका थोरै भूभागमा हल्का वर्षा र प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।
शुक्रवार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने भएको छ । सुदूरपश्चिम प्रदेशका थोरै भूभागमा हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।