भारतमा स्वास्थ्यकर्मी र ६० माथिका व्यक्तिलाई बुस्टर खोप

काठमाडौं । भारतले आगामी ३ जनवरीदेखि १५ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाहरुलाई कोभिडविरुद्धको खोप दिने घोषणा गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो देशवासीका नाममा सम्वोधन गर्दै बालबालिकाहरूलाई खोप दिने घोषणा गर्नुभएको हो ।

भारतमा १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकाको संख्या करिब ८ करोड रहेको बताइएको छ। नयाँ वर्षको जनवरी ३ बाट बालबालिकालाई यो खोप लगाउन थाल्नेसमेत उहाँले बताउनुभएको छ ।

उहाँले यसबाहेक स्वास्थ्यकर्मी र ६० वर्षभन्दा माथिका व्यक्तिकालागि पनि बुस्टर डोज लगाउने घोषणा गर्नुभएको छ । भारतको ६१ प्रतिशत भन्दा बढी वयस्क जनसंख्याले खोपको दुवै डोज पाएका छन्।

त्यसैगरी, लगभग ९० प्रतिशत वयस्क जनसंख्याले खोपको एक डोज पाएका छन् ।

Back to top button