१ सय भन्दा वढि मारवाडी समुदायका युवाहरु एमालेमा प्रबेश

विराटनगर । विभिन्न पेशा व्यवसायमा क्रियाशील रही राजनीतिक दलहरुमा असंलग्न रहँदै आएका मारवाडी समुदायका व्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाल वामपन्थी मारवाडी युवा संगठनको  अगुवाईमा १ सय भन्दा वढि युवाहरु बिहीबार आयोजित कार्यक्रममा एमालेमा प्रवेश गरेका हुन् ।

संगठनका अध्यक्षसमेत रहनुभएका नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य मनोज अग्रवालको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य गुरु बरालले खादा माला लगाएर स्वागत गर्नु भएको थियो ।

एमालेले आसन्न नवौं जिल्ला अधिवेशनमा नेपाल वामपन्थी मारवाडी संगठनबाट तीन जनाले सहभागिता जनाउन पाउने गरी प्रतिनिधिको व्यवस्था गरिंदैछ । पार्टी प्रवेशपछि संगठनको जिल्ला कमिटी र प्रतिनिधिसमेत चयन गरिने जनाइएको छ ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरे, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, महानगर कमिटीका अध्यक्ष सागर थापा लगायतको उपस्थिति थियो ।

Back to top button