माया मारेका विरामीलाई पनि बचाउन सफल बन्दै आर्या न्यूरो अस्पताल

विराटनगर । अस्पताल र चिकित्सकहरुको लापरवाहीले विरामीको मत्यु भएको जनगुनासो बेला बेला आउने गरेको छ । तर माया नै मारिसकेको विरामीले पुनः जीवन पाएका समाचारहरु कमै मात्र आउने गर्छन् ।

यहि माया मारिसकेका विरामीको सफल उपचार गर्दै पुनः जीवन दिने काममा विराटनगर – ३ कन्चनबारीको आर्या न्युरो अस्पताल सफल भएको छ । बितेको एक महिना भित्रै आर्या न्यूरो अस्पतालले दुइ जना विरामीको जटिल प्रकारको सफल उपचार गरेर जीवन बचाउन सफल भएको हो ।

उदयपुरको चौदण्डीगढी नगरपालिका – ९ का ६० वर्षिय तेज नारयण चौधरीको टाउकोको ‘लक्ड–इन–सिनड्रम’ अर्थात स्वाचालित मांसपेशीको पूर्ण पक्षघात भएको थियो । उहाँको जटिल प्रकारको सफल उपचार गर्न आर्या अस्पताल सफल भएको हो । प्रेसरको समेत विरामी चौधरी महिना दिन अगाडी काम गर्ने क्रममा घरमा लडेपछि बेहोस हुनुभएको थियो ।

उहाँलाई परिवारले विराटनगर र धरानको विभिन्न अस्पताल पु¥याए । ‘विराटनगरका एक अस्पतालमा एक हप्ता जति उपचार गर्‍यौं । बुवाको होस आएन,’ विरामी चौधरीकी छोरी सुशिलाले भन्नुभयो, ‘बुवाको होस नपाएपछि चिकित्सकले बुवाको उपचार सम्भव नहुने र घर लैजान सुझाव दिए । त्यसपछि माया मारेर बुवालाई घर लग्यौं ।

बेहोस बुवाले हात चलाउन थालेपछि आफन्तमा सल्लाहमा पुस १ गते आर्या न्यूरो हस्पिटलमा लिएर आएका हौं ।’ आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकजराज नेपालले उपचार गरेपछि बुवाको स्वाथ्य अवस्था ठिक भएको भन्दै छोरी शुसिलाले अहिले बुवा मज्जासँगले बोल्न र हिडडुल गर्न सक्ने हुनुभएको भन्दै खुसी ब्यक्त गर्नुभयो ।

१८ दिनको उपचारपछि उहाँको सोमबार डिस्चार्ज भएको छ, । उहाँले ‘बुवालाई बचाउन गरेको यो सहयोग कहिल्यै बिर्सन नसक्ने भन्दै चिकित्सक प्रति आभारी रहेको बताउनुभयो । डा. नेपालले चौधरीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताउनुभयो ।

यसअघि पनि आर्या अस्पतालले सुनसरीको इनरुवा ३ की ३९ वर्षिय पुष्पालता सुब्बाको टाउकोको जटिल उपचार गरेको थियो । उहाँको मस्तिकष्कको सफल शल्यक्रिया गरिएको थियो । सुब्बा अचानक बेहोस भएर लडेपछि मस्तिष्कमा रगत जमेको थियो ।

बेहोस सुब्बालाई लिएर परिवारले विराटनरका विभिन्न अस्पताल पुगेपनि उपचार सम्भव नभएपछि आर्या अस्पताल पुर्‍याएका थिए । आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेपालसँग सल्लाहपछि उपचार प्रक्रिया शुरु गरिएको थियो ।

डा. नेपालले रिस्क लिएरै भएपनि ज्यान जोगाउने काममा लाग्नुभयो । उहाँले भन्नुभयो, रिक्स लिएरै भएपनि उपचार गर्दा एउटा जीवन जोगाउन सकिन्छ कि भनेर उपचार थालें, आखिर रिस्क नलिँदा त एउटा जीवन निश्चित सकिन्छ ।’ बिरामीका आफन्तलाई स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएपछि शल्यक्रिया गर्नुभएको थियो ।

अन्तत: सोहि दिन सुब्बाको मस्तिष्कमा जमेको रगत डा. नेपालको टिमले शल्यक्रिया गरेर निकाल्यो । ‘तीन घण्टा बढी समय लगाएर शल्यक्रिया सफल भयो,’ डा. नेपालले भन्नुभयो । उपचारपछि ठिक भएका विरामी सुब्बा अहिले पनि अस्पतालमा फलोअपको लागि आउने गरेका छन् ।

Back to top button