उत्तर कोरियाले फेरि क्षेप्यास्त्र प्रहार

काठमाडौं । उत्तर कोरियाले आज पनि एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ। उत्तर कोरियाले समुद्रतर्फ उक्त क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ ।

दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले आज बिहान उक्त दाबी गर्नुभएको छ । उहाँले पूर्वी समुद्रतर्फ क्षेप्यास्त्र प्रक्षेपण गरेको बताउनुभएको हो । यो प्रक्षेपण ब्यालिस्टिक मिसाइल हुन सक्ने बताइएको छ।

जापानिज कोस्ट गार्ड (जेसीएस) ले यो क्षेप्यास्त्र मिसाइल हुन सक्ने बताउनुभयो । यसबारेमा अझै पनि यकिन भने हुन सकेको छैन। उत्तर कोरियाले गरेको यस क्षेप्यास्त्रको बारेमा दक्षिण कोरिया र जापानले आवश्यक अनुसन्धान थालेको छ ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल प्रक्षेपणमा प्रतिबन्ध लगाएको छ। आजको यस प्रक्षेपणका बारेमा दक्षिण कोरिया र अमेरिकी गुप्तचरहरूले अनुसन्धान गरिरहेको बताइएको छ।

उत्तर कोरियाले ६ दिनमात्र अघि पनि यहाँ यस्तै प्रकारको क्षेप्यास्त्र हानेको थियो । यसै हप्ता उत्तर कोरियाले दुई वटा क्षेप्यास्त्र हानेको छ।

Back to top button