भारतमा २४ घण्टा भित्र थपिए ३ लाख १७ हजार भन्दा बढि संक्रमित

काठमाडौं । भारतमा २४ घण्टा भित्र नै ३ लाख भन्दा बढिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार हिजो एकै दिन ३ लाख १७ हजार ५३२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण ४९१ जनाको ज्यान गएको छ। हाल भारतमा सक्रिय संक्रमितको संख्या १९ लाख २४ हजार ५१ रहेको छ। दैनिक संक्रमणदर हाल १६ दशमलव ४१ प्रतिशत रहेको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको कुल संख्या भारतमा ९ हजार २८७ पुगेको छ। अघिल्लो दिनको तुलनामा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३ दशमलव ६३ प्रतिशत वृद्धि भएको हो ।

Back to top button