भारतमा एकदिनमा थप २ लाख ५५ हजार संक्रमित

काठमाडौं । छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५५ हजार ८ सय ७४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण ६ सय १४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। आज २ लाख ६७ हजार ७ सय ५३ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्।

अहिले भारतमा २२ लाख ३६ हजार ८ सय ४२ जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेका छन्। संक्रमण दर १५ दशमलव ५२ प्रतिशत रहेको छ।

Back to top button