दिल्लीमा देउवा र मोदीबीच भेटवार्ता

काठमाडौं । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

आज बिहान भएको भेटवार्तामा नेपाल–भारत आपसी हितका विषयमा कुराकानी भएको जनाइएको छ ।

भेटवार्ता लगत्तै हैदरावाद हाउसमा नेपाल–भारत द्विपक्षीय बैठक भएको छ । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गर्नुभएको छ । बैठक सकिएपछि चारवटा परियोजनाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

यसअघि भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवाले आज बिहान नयाँदिल्लीस्थित महात्मा गान्धीको समाधीस्थल राजघाट गई पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा उहाँ हिजो नयाँदिल्ली पुग्नुभएको हो ।

Back to top button