श्रीलंकामा स्वास्थ्य आपतकाल घोषणा

गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा स्वास्थ्य आपतकालको घोषणा गरिएको छ । यसअघि नै राष्ट्रिय आपतकाल तथा प्रदर्शन नियन्त्रणका लागि कर्फ्यु लागू भइसकेको अवस्थामा स्वास्थ्य आपतकाल घोषणा भएको हो।

औषधिको गम्भीर अभाव भएपछि आजदेखि स्वास्थ्य आपतकाल घोषणा गरिएको हो। गभर्मेन्ट मेडिकल अफिसर्स् एसोसियसन (जिएमओए) को आकस्मिक बैठकपछि आपतकालको घोषणा भएको हो।

बिरामीको जीवन रक्षाका लागि स्वास्थ्य आपतकालको घोषणा गरिएको जिएमओएका सचिव डा. शेनल फर्नान्डोले बताउनुभएको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आर्थिक संकट जारी रहेमा औषधि अभावले भविष्यमा गम्भीर रुप लिने चेतावनी जिएमओएले दिएको छ।

Back to top button