निर्वाचन सुरक्षामा ध्यान दिन राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा गराउन निर्वाचन आयोगसँग सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको छ ।

निर्वाचनको तयारीलगायत सन्दर्भमा निर्वाचन आयोगका पदाधिकारीसँग हिजो भेट गर्दै उहाँले सुरक्षा प्रबन्धमा विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको हो ।

निर्वाचनको तयारी सन्तोषजनक रहेको भन्दै उहाँले मतदातालाई मताधिकारको निर्वाध प्रयोग गर्ने वातावरण बनाउन र आवधिक निर्वाचन गराउने वैधानिक दायित्व निर्वाह गर्न आयोगलाई आग्रह गर्नुभएको छ ।

भेटमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनका लागि गत चैतमा निर्वाचन आचारसंहिता लागू भई तयारीको काम भइरहेको जानकारी दिनुभएको छ ।

Back to top button