प्रधानमन्त्री देउवा दमौलीको चुनावीसभालाई सम्वोधन गर्न आउँदै

तनहुँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दमौलीमा हुने चुनावी सभालाई सम्वोधन गर्ने हुनुभएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको सभालाई सम्वोधन गर्न यहाँ आउन लाग्नुभएको हो ।

सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाशशरण महतलगायतका नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस तनहुँले जनाएको छ । सभा बिहान साढे १० बजे सुरु हुने बताइएको छ ।

Back to top button