बैतडीमा मदिरा बिक्री वितरणमा रोक

काठमाडौं । बैतडीमा यही वैशाख २६ गतेदेखि मदिरा बिक्री वितरण गर्न रोक लगाइने भएको छ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न बैतडीमा निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा पूर्णरूपमा रोक लगाइएको हो।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले सर्वपक्षीय बैठकले वैशाख २६ गतेदेखि मतपरिणाम नआउँदासम्मको अवधिमा मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न वैशाख २६ गतेदेखि मदिरा बिक्री वितरण र सेवनमा रोक लगाउने निर्णय भएको हो।

यस्तै, मदिराका कारण विभिन्न खालका घटना हुनसक्ने भएकाले मदिराको कारोबार र सेवनमा रोक लगाइएको र कसैले निर्णयविपरीत काम गरेको पाइएमा कानुनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा सम्पन्न सर्वपक्षीय बैठकमा राजनीतिक दलका जिल्लास्थित प्रतिनिधि तथा व्यवसायीको सहभागिता थियो।

Back to top button