निर्वाचनको दिन सार्वजनिक बिदा

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ ।

हिजो बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभएको छ ।

त्यस दिन नेपाल राज्यभरिका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा विदा दिइएको पोखरेलले बताउनुभयो । वैशाख ३० गते देशभर एकैसाथ स्थानीय तहको निर्वाचन हुँदैछ ।

Back to top button