चुनावी सभा सम्बोधन गर्न आज ओली मोरङको मिक्लाजुङमा

विराटनगर । स्थानीय तहको निर्वाचन आउन अब तीन दिन मात्रै बाँकी रहँदा नेताहरु चुनावी सभामा व्यस्त छन् । प्रचार–प्रसार गर्न पाइने आज अन्तिम दिन भएकाले पनि शीर्ष नेतादेखि उम्मेदवारहरू मत माग्न व्यस्त छन् ।

आजै मध्यरातिबाट मौन अवधि सुरु हुने भएकाले पाँच दलीय गठबन्धन र प्रमुख विपक्षी नेकपा एमालेसहित अन्य दलका शीर्ष नेताहरू चुनावी नतिजा आफ्नो पक्षमा पार्न अन्तिम कसरत गरिरहेका छन् ।

चुनावी अभियानकै क्रममा सत्ता गठबन्धनसँग भिडिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली आज मोरङ आइपुग्नुभएको छ । मोरङको मिक्लाजुङस्थित मधुमल्लामा नेकपा एमालेले बृहत् चुनावी सभाको आयोजना गरेको छ ।

उक्त सभालाई सम्बोधन गर्न आज ओली मोरङ आउनुभएको हो ।

Back to top button