ललितपुरमा आगलागी हुँदा एकै परिवारका ५ जना घाइते

काठमाडौं । ललितपुरमा आगलागी हुँदा एकै परिवारका ५ जना घाइते भएका छन् ।

ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आज आगलागी हुँदा ५ जना घाइते भएका हुन् ।

घाइते हुनेमा सन्जय गिरी श्रीमती रुपा गिरीसँगै उहाँका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई उपचारका लागि किस्ट अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

मोबिल स्टोर रहेको टहरोमा आलगागी भएको सुवेदीले बताउनुभयो । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

Back to top button