जापानकी विदेशमन्त्री योको काठमाडौंमा

काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको काठमाडौं आइपुग्नुभएको छ । एक दिने भ्रमणको क्रममा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएकी उहाँले आज राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नुहुने छ ।

उहाँ आजै टोकियो फर्किने कार्यक्रम छ ।

सन् २०१९ पछि जापानबाट भएको यो उच्चस्तरीय भ्रमण हो । सन् २०१९ मा जापानका तत्कालीन विदेशमन्त्री तारो कोनोले नेपाल भ्रमण गर्नुभएको थियो ।

Back to top button