अमेरिकाको सान एन्टोनियो नजिकै ४६ जना आप्रवासीको शव फेला

काठमाडौं । अमेरिकाको टेक्सासको सान एन्टोनियो नजिकै लरी (ट्रक) भित्र कम्तिमा ४६ जना आप्रवासीको शव फेला परेको छ । स्थानीय एक टेलिभिजन च्यानलका अनुसार लरीभित्र फेला परेका १६ जनालाई विभिन्न अस्पतालमा लगिएको बीबीसीले जनाएको छ।

मृतकहरु कुन देशका नागरिक हुन् र कसरी मृत्यु कसरी भयो भन्ने एकीन विवरण आएको छैन । लरी सहरको दक्षिणी बाहिरी भागमा रहेको दुर्गम क्षेत्रमा रेलमार्गको ट्र्याकको छेउमा फेला परेको थियो।

सान एन्टोनियो अमेरिका र मेक्सीकोको सीमाबाट झन्डै २ सय ५० किलोमिटरको दूरीमा पर्छ। टेक्सासका गभर्नर ग्रेग याबटले ती मृत्युको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिएको बीबीसीले जनाएको छ।

सामाजिक सन्जालमा घटनास्थलमा रहेको एउटा ठूलो ट्रक वरिपरि आपत्कालीन सेवामा खटिने कर्मचारीहरू रहेको देखिएको छ।

Back to top button