बामदेव गौतमद्धारा नयाँ पार्टीको घोषणा

काठमाडौं । बामदेव गौतमले नयाँ राजनीतिक पार्टीको घोषणा गर्नुभएको छ । आज दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उहाँले नयाँ राजनीतिक दल खोलेको घोषणा गर्नुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्नुभएका गौतम पार्टीको संयोजक रहनुभएको छ भने ७५ जना केन्द्रीय सदस्य रहेका छन् । त्यसमध्‍ये यो पार्टी समन्वय समितिको रुपमा रहँदासम्‍म केन्द्रीय सचिवालयमा ८ जना सदस्यहरु रहनेछन्।

पार्टीको संयोजकमा बामदेव गौतम, सचिवमा डीबी कार्की र सदस्‍यहरुमा ओमशर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहनुभएको छ ।

पार्टी घोषणा कार्यक्रममा संयोजक गौतमले पार्टी बहुपदीय पद्धतिमा जाने बताउनुभएको हो । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले कम्युनिष्टहरुले एकीकृत हुन नसके आगामी चुनावमा गठबन्धनका आधारमा कांग्रेस ठूलो पार्टी बन्ने बताउनुभएको छ ।

नेकपा नफुटेको भए स्थानीय तह निर्वाचनमै पहिलो दल बन्थ्यो भन्दै उहाँले नेकपा विभाजनले स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो शक्ति बनेको बताउनुभयो । उहाँले कांग्रेस पहिलो पार्टी भयो भने समृद्धि प्राप्त नहुने र ठूलो पंक्ती गरिब, बेसहारा हुनेछ बताउनुभयो ।

Back to top button