एउटै चिन्हबाट चुनाव लड्ने नेपाल समाजवादी र माओवादी केन्द्रबिच सहमति

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)आसन्न संघ तथा प्रदेशसभा सदस्यको निर्वाचनमा एउटै चिन्हबाट चुनाव लड्ने सहमति भएको छ ।

आज विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, समाजवादी पार्टीका अध्यक्षद्धय डा.बाबुराम भट्टराई र महेन्द्र राय यादवबिच एउटै तिन्हबाट चुनाव लड्ने सहमति भएको हो ।

दुई दलका शीर्ष नेताहरुबीच गठबन्धन बनाउने बिषयमा केहिदिन यता लगातारजस्तो छलफल हुँदै आएको थियो । नेसपाका अध्यक्ष यादवका अनुसार समाजवादी गठबन्धन बनाउने र एउटै चुनाव चिह्न लिएर संयुक्त रुपमा जान दुबै दल सहमत भएका हुन् ।

यसबारे आ–आफ्नो दलमा छलफल गरेर निर्णयमा पुग्ने सहमति भएको भन्दै यादवले माओवादी केन्द्रको चुनाव चिह्न पुरानो भएका कारण उसकै चुनाव चिन्हबाट निर्वाचनमा जाने सम्भावना रहेको बताउनुभयो ।

माओवादी नेताहरुका अनुसार नेसपाका नेताहरुले प्रतिनिधिसभामा केही सिट निश्चित गर्नुपर्ने बताएका छन् । पार्टीको उपस्थिती हेरेर कस्ले कति सिट पाउने भन्ने तय हुन्छ होला भन्दै नेसपाका अध्यक्ष यादवले भन्नुभयो,‘जस्ले जहाँ जहाँ जितेको छ, त्यो पाउने नै होला ।’

नेसपाका अध्यक्ष भट्टराई गोरखा क्षेत्र नम्बर २ र यादव सर्लाही ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । जसपामा असन्तुष्ट रहेका कतिपय सांसद पनि आफूहरुको सम्पर्कमा रहेका नेसपाका नेताहरुले बताउँदै आउनुभएको छ ।

नेकपाका एक पदाधिकारीका अनुसार भोलि साँझसम्म लिखित सहमति गर्ने तयारीका साथ गृहकार्य भइरहेको छ । यस्तै यादवले सत्तारुढ गठबन्धनमा समेत नेसपाको सहभागिताका बिषयमा कुराकानी भएको बताउनुभएको छ ।

Back to top button