१७९ जनामा कोरोना संक्रमण हुँदा १७१ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।

आज १ सय ७१ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार २७१ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा देशभर २ हजार ६ सय पीसीआर तथा २ हजार ३५९ एन्टिजेन परीक्षण गरिएको थियो ।

Back to top button