चितवनमा डेंगुका कारण एक जनाको मृत्यु

चितवन । डेंगु सङ्क्रमणका कारण चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेंगुका कारण मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेंगु पुष्टि भएको थियो ।

उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो ।

यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको थियो ।जिल्लामा हालसम्म ७ सय ४३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ४ सय ५९ चितवनका छन् ।

बाहिरी जिल्लाका १ सय ७५ र ठेगाना नखुलेका १ सय ९ जना रहेका छन् । ४ हजार ४ सय ४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगु सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।

Back to top button