सुनको मूल्य तोलाको ९८ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबारको दिन हिजो २ सय रुपैयाँले बढेर सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुन ५ सय रुपैयाँले बढेको हो। आज तेजावी सुनको मूल्‍य ९७ हजार ६ सय कायम गरिएको छ।

यस्तै, सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार ३ सय ३० पुगेको छ।

Back to top button