संविधान च्यात्न पूर्व प्रधानमन्त्री ढुकेर बसेको सांसद मेटमणी चौधरीको आरोप

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले संविधान च्यात्न पूर्व प्रधानमन्त्री ढुकेर बसेको टिप्पणी गर्नुभएको छ ।

चौधरीले उपसभामुखमा कांग्रेसका मुक्ताकुमारी यादवलाई मत माग्दै संविधानलाई नष्ट गर्न भनेर पूर्वप्रधानमन्त्री ढुकेर बसिरहनुभएको आरोप लगाउनुभएको हो ।

उहाँले त्यस्ता व्यक्तिहरूको उपस्थिति संसद्‍मा महत्वपूर्ण भयो भने फेरि संविधान च्यात्ने काम हुने र संविधान धुजाधुजा हुने बताउनुभयो ।

चौधरीले आजपनि बाघले मान्छेको शिकार गर्न झम्टिएझैँ, बकुल्लाले माछा, बिरालोले दुध ढुकेझैं अहिले पनि नेपालको संवैधानिक व्यवस्था ध्वस्त गर्न नेपालका पूर्वप्रधानमन्त्री ढुकेर बसिरहनुभएको छ भन्ने कटाक्ष गर्नुभयो । उहाँले भन्नुभयो,‘नाम सबैलाई थाहै छ ।’

Back to top button