तोलामा १ सयले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिन पनि सुन तोलामा ५०० रुपैयाँ घटेको थियो।

यस्तै, आज तेजावी सुनको मूल्य १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार हुँदैछ। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । हिजोको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो। आज चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

Back to top button