मिसन ग्रासरुट अभियानः मोरङमा वृृक्षरोपण र सरसफाई

विराटनगर । नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत मोरङमा विभिन्न कार्यक्रमहरु एकसाथ सञ्चालन भइरहेका छन् । मोरङको कानेपोखरी गाउँपालिकामा वृक्षरोपण र सरसफाई अभियन सञ्चालन गरिएको छ ।
यस्तै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पनि सम्पन्न गरिएको छ । यस्तै मोरङकै बेलबारी नगरपालिकामा पार्टी सदस्यता नविकरण शिविर सञ्चालन भइरहेको छ ।
नेकपा एमाले मोरङका अनुसार जिल्लाका १७ वटै पालिकाका वडास्तरमा विभिन्न सामाजिक कार्यसँगै रचनात्मक कामहरु भइरहेको छ । सबै पालिकामा आ–आफ्ना आवश्यकता अनुसारका काम गर्दै जनताका माझमा पुग्ने काम भइरहेको नेकपा एमाले मोरङका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले बताउनुभयो ।

Back to top button