अफगानिस्तानमा भूकम्प जादाँ १२ जनाको मृत्यु, सयौं घाइते

अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा गएराति ६ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा परी १२ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

अफगानिस्तानमा ३ र पाकिस्तानमा ९ जनाले ज्यान गुमाएका सम्बद्ध सरकारी अधिकारीहरूले बताएका छन् ।

जनस्वास्थ्य मन्त्रालयका लागि तालिवान सरकारका प्रवक्ता शराफत जमान अमरले २ जनाको ज्यान गएको तथा अन्य २० जना घाइते भएका जनाएका छन् ।

भूकम्पको केन्द्रबिन्दु पाकिस्तान र ताजिकिस्तानको सिमाना नजिक अवस्थित अफगानिस्तानको जुर्म शहरबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणले जनाएको छ । भारतको राजधानी नयाँदिल्लीसम्म भूकम्पको धक्का महशुस गरिएको थियो ।

उत्तरपश्चिम पाकिस्तानका विभिन्न भागमा घरका छाना खस्दा ९ जनाको मृत्यु भएको तथा अफगातिस्तानको स्वातमा एक १० वर्षीया बालिका र लोयर दिरमा एक २४ वर्षीय पुरुषको घरको पर्खाल भत्किँदा मृत्यु भएको छ । भूकम्पपछि दुवै देशका विभिन्न भागमा भूस्खलन भएको छ ।

भूकम्पको झट्काका कारण २० भन्दा बढी भवनमा क्षति पुगेको छ भने धेरै स्थानीय घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाका अस्पतालमा २ सय ५० जना घाइतेको उपचार गरिएकामा १५ जनालाई सामान्य चोटपटक लागेको अस्पताल प्रशासनले बताएको छ ।

उपचारार्थ अस्पस्ताल ल्याइएकामध्ये २ सयभन्दा बढी बेहोस थिए । प्रान्तका अन्य भागमा ५२ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भूकम्पपछि देशका विपद् व्यवस्थापन अधिकारीहरूलाई सतर्क रहन आग्रह गर्नुभएको छ । गत वर्ष जुनमा अफगानिस्तानको पक्तिका प्रान्तमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प जाँदा १ हजार बढि मानिसको मृत्यु भएको थियो।

Back to top button