मेयर कोइरालाद्वारा श्मसान घाटको अवलोकन

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–७ स्थित श्मसान घाटको अवलोकन गर्नु भएको छ ।

अवलोकनका क्रममा उहाँले श्मसान घाटलाई व्यवस्थित र आकर्षक बनाएकोमा व्यवस्थापन समितिलाई धन्यवादसमेत दिनुभयो ।

अवलोकनमा पुग्नुभएका मेयर कोइरालालाई घाट व्यवस्थापन समितिका अध्यक्ष वेनिगोपाल मुन्दडाले घाटलाई थप व्यवस्थित बनाउन महानगरका तर्फबाट बजेट छुट्याइदिन आग्रह गर्नुभयो ।

उहाँले गत वर्षको बाढीले कटान गर्दा घाट जोखिममा परेको भन्दै बाढीको जोखिम न्यूनीकरणका लागि घाटको उत्तरतर्फ तटबन्ध बनाउन आवश्यक रहेको अवगत गराउनुभयो ।

जवाफमा मेयर कोइरालाले आगामी आर्थिक वर्षको बजेटमा घाटका लागि बजेटको व्यवस्था गर्ने आश्वासन दिनुभयो । अवलोकनमा वडा नम्बर ७ का अध्यक्ष मधुबाबु तिवारी, मेयरको निजी सचिवालयका सदस्यलगायतको सहभागिता थियो ।

Back to top button