नेपाल डोरीतान संघ कोशी प्रदेशको तदर्थ समितिको अध्यक्षमा न्यौपाने

विराटनगर । रिता न्यौपानेको अध्यक्षतामा नेपाल डोरीतान संघ कोशी प्रदेशको तदर्थ समिति गठन गरिएको छ ।

प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष जीनाजङ कार्कीको प्रमुख आतिथ्यतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

तदर्थ समितिको उपाध्यक्षमा मिश्र हीमा पौडेल, सचिवमा युवराज चौधरी, कोषाध्यक्षमा शक्शी न्यौपाने रहनुभएको छ भने सदस्यहरुमा प्रदिपकुमार राई, प्रबिन पोखरेल, ममिन अधिकारी, सागर ढकाल, नेत्र बस्नेत, सन्तोष तामाङ र जोसेफ घिमिरे रहनुभएको छ ।

प्राचीन खेललाई प्रवर्धन एवं विकास गर्ने उद्देश्यले समिति गठन गरिएको अध्यक्ष न्यौपानेले बताउनुभयो । समितिले छिट्टै खेल आयोजना गर्ने उहाँको भनाई छ । खेलसँगै जिल्ला–जिल्लामा संगठन विस्तार गर्दै लैजाने न्यौपानेले बताउनुभयो ।

Back to top button